बलिउड/हलिउड

चलचित्र ‘प्यारासाइट’ ठहरियो सर्वाेत्कृष्ट चलचित्र, रच्यो इतिहास

Banner

चितवन, माघ२७-

दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यो वर्षको अस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ ।

बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्यारासाइटका निर्देशक बोङ्गले नै जिते । सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो ।

सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो ।

‘जोकर’ चलचित्रका लागि ओयाखिम फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।

ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लौरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन् ।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने सर साम मेन्डेसको १९१७ चलचित्रले तीनवटा उपाधि जितेको छ ।

कुन विधामा कसले जिते अवार्ड ?

सर्वोत्कृष्ट चलचित्रः प्यारासाइट

सर्वोत्कृष्ट निर्देशकः बोङ्ग जून–हो (प्यारासाइट)

सर्वोत्कृष्ट अभिनेत्रीः रेने जेल्वेगर (जुडी)

सर्वोत्कृष्ट अभिनेताः वाकिन फिनेक्स (जोकर)

विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रः प्यारासाइट

सर्वोत्कृष्ट सहअभिनेत्रीः लोरा डर्न (म्यारिज स्टोरी)

सर्वोत्कृष्ट सहअभिनेताः ब्राड पिट (वन्स अपअन अ टाइम इन हलिउड)

सर्वोत्कृष्ट ओरिजिनल सङ्गः आइएम गन लभ मी अगेन (रकेटम्यान)

सर्वोत्कृष्ट ओरिजिनल स्कोरः जोकर

सर्वोत्कृष्ट मेकअप एण्ड हेयरः बम्बशेल

सर्वोत्कृष्ट भिजुअलइफेक्ट्सः १९१७

सर्वोत्कृष्ट चलचित्र सम्पादनः फोर्ड भर्सेज फरारी

सर्वोत्कृष्ट ध्वनी समिश्रणः १९१७

सर्वोत्कृष्ट ध्वनी सम्पादनः फोर्ड भर्जेज फरारी

सर्वोत्कृष्ट सिनेटम्याटोग्राफीः १९१७

सर्वोत्कृष्ट छोटो अवधिको वृत्तचित्रः लर्निङ्ग टू स्केटबोर्ड इन वारजोन (इफ यू आर ब गर्ल)

सर्वोत्कृष्ट वृत्तचित्रः अमेरिकन फ्याक्ट्री

सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः लिटल वुमन

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः वन्स अपअन अ टाइम इन हलिउड

सर्वोत्कृष्ट एनिमेटेड चलचित्र (छोटो अवधि): हेयर लभ

सर्वोत्कृष्ट लाइभ एक्सन (छोटो अवधि): द नेवर्स विन्डो

सर्वोत्कृष्ट एडप्टेड स्क्रीनप्लेः जोजो र्‍याबिट

सर्वोत्कृष्ट ओरिजिनल स्क्रीनप्लेः पारासाइट

सर्वोत्कृष्ट एनिमेडेट चलचित्रः टोइ स्टोरी ४

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>