सूचना-प्रविधि

सोनीले ५ क्यामेरासहितकाे सोनी ५ प्लस सार्वजनिक गर्दै

Banner

चितवन, माघ२२-

सोनीले ५ वटा क्यामेरासहितकाे सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ । कम्पनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा सोनी ५ प्लस सार्वनिक गर्ने भएको हाे ।यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ ।

एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ ।

यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ । एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १।१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ ।

जसको सेन्सर साइज १/१.५ इन्च हुने छ । यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ ।

तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ । यसको सेन्सर साइज १/३.४ इन्चको हुने छ । चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>