सूचना-प्रविधि

नयाँ फोन ल्याउँदै नोकिया, यस्ता छन् विशेषता

Banner

चितवन, १५ माघ-

२०१९ को फ्ल्यागसिप फोनमा देखिएका कमीकमजोरी सुधार गर्दै नोकियाले नयाँ फोन बजारमा ल्याउन लागेको छ । नोकियाको नयाँ फोन ‘९.२ प्योर भ्यू’ सार्वजनिक हुन अघि नै चर्चामा छ  ।

गत डिसेम्बरमा नै नोकिया ९.२ प्योर भ्यूको ल्याउने कुरा सार्वजनिक भएको थियो । यो फोन २०२० को पहिलो ६ महिना भित्र वा जुन २० भित्र सार्वजनिक हुने कम्पनीले बताएको छ ।
यसमा स्नापड्रागन ८६५ चिपसेट रहनेछ । यसको मूल्य ६६२ अमेरिकी डलर अर्थात करीब ७५ हजार रुपैयाँ आसपास रहने बताइएको छ ।

यो फोनमा लाइट क्यामेरा प्रविधि नहुने बताइएको छ । जसले गर्दा यसले राम्रो एचडीआर र लो लाइट स्न्याप दिनेछ भने ग्रानुलर डेप्थ इफेक्ट समेत यसले प्रदान गर्नेछ ।

यो फोनमा १२ मेगापिक्सलका ५ ओटा क्योमरा हुनेछन् । जसमा तीन ओटा मोनोक्रोम र दुईओटा आरजीबी सेन्सर रहनेछन् । मल्टी लेन्स क्यामेरा कम्पनी लाइटले यसमा नोकियालाई सहयोग गरेको छ ।

नोकिया ९.२ मा नर्मल, वाइड, टेलिफोटो क्यामेरा लेआउट हुनेछ । यसमा ठूलो सेन्सर सहितको उत्कृष्ट क्यामेरा हुने बताइएको छ । यसमा बेजललेस डिस्प्ले हुनेछ । यस्तै यसको सेल्फी क्यामेरा भने ३२ वा ४८ मेगापिक्सलको हुनेछ । वायरलेस चार्जिङको सुविधा पनि हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>