प्रवास

कन्सर्टमा प्रस्तुति दिन राजेश पायल राई पोर्चुगल आउने

Banner

पुनम गौतम

लिस्बन, पोर्चुगल, माघ ११-

चर्चित गायक राजेश पायल राई सांगितीक कार्यक्रममा प्रस्तुतिको लागि पोर्चुगल आउने भएका छन् ।

किराँत राई समाज पोर्चुगलले फेब्रुअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्दै छ । राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र सांस्कृतिक कार्यक्रम हुनेछ । विशेषत् नेपालीलाई केन्द्रित गर्न लागिएको कार्यक्रममा एक दिन भएता पनि कामको थकान भुलेर नेपालीहरु कार्यक्रममा भुल्ने आयोजकको अपेक्षा छ ।

पोर्चुगलमा प्रेम दिवसको संघारमा हुने भएकोले कार्यक्रम केही विशेष हुनेछ । कार्यक्रम लिस्बनको काइस दो सुद्रे नजिकै रहेको टाइमआउटको हलमा हुनेछ । सयौ नेपाली चलचित्रका गीत गाइसकेका राईका दर्शन नमस्ते (भाग ४ सम्म) राई इज किङ, जदौं (भाग ३ सम्म), स्यामुनालगायतका गीति एल्बम रेकर्ड भएका छन् । उनले जापानिज र भोजपुरी गीत पनि गाएका छन् । राई विश्वभर नेपाली समुदायबीच स्टेज प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहने कलाकार हुन् । दुई दर्जन बढी राष्ट्रिय पुरस्कारहरुबाट पुरष्कृत गायक राई सन् १९९२ देखि निरन्तर संगीत क्षेत्रमा लागि रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>