देश/प्रदेश
विनय कार्कीको गीत ‘परदेशमा’ को भिडियो सार्वजनिक
०

चितवन, माघ ९-
रियालेटी शो द भ्वाइस नेपाल सिजन–२ को ब्याट्ल राउण्डबाट बाहिरिएका प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नयाँ गीत ‘परदेशमा‘ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ ।
उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहँदा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो लेखिएको लाइनले दर्शकलाई भावुक बनाउँछ ।
यस म्यूजिक भिडियोलाई ससान कँडेलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो आत्रेय प्रोडक्सनको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























