देश/प्रदेश

नेपाली चलचित्र ‘कमाण्डर’ भोलिबाट प्रदर्शन हुँदै

Banner

चितवन, माघ ९

भोलिबाट नेपाली चलचित्र ‘कमाण्डर’ प्रदर्शनमा आउँदै छ ।

समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृतिविरुद्धको अवाजका रुपमा अथ्र्याइएको चलचित्रको लेखन, निर्माण र निर्देशन एलआर विवेकले गरेका हुन् । हरेक शुक्रबार दुई या दुई भन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा गत पुस महिनाबाट भने चलचित्र प्रदर्शनको क्रम घटेको छ । सोही सन्दर्भमा ‘कमाण्डर’ ले एकल प्रदर्शनको अवसर पाएको हो ।
चलचित्रमा अनुपविक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिकाद्वय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् ।

इमान्दार प्रहरी अधिकृतले समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मुलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने विषयमा निर्माण गरिएको चलचित्रले भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत प्रवाह गरेको निर्देशक सापकोटा बताउँछन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको सहनिर्मातामा सावनजंग राना छन् । दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>