भिडियो

पूजा र पलको ‘दुःखको काँडा’ सार्वजनिक (भिडियोसहित)

Banner

चितवन, पुस २४-

बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । भ्वाईस अफ नेपाल २ का प्रतिस्पर्धी सनिष श्रेष्ठको आवाजमा रहेको यस गीत निकै उत्कृष्ट बनेको छ ।

देवल भण्डारीको शब्द रहेको गीतमा चितवने संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । यस गीतको भिडियो पनि निकै आकर्षक बनाईको छ । भिडियोमा चलचित्रका नायक पल शाह र पूजा शर्मा देखिएका छन् । उनीहरुको मायालाई भिडियोमा दर्शाइएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

सुर्दशन थापाले निर्देशन गरेको यस चलचित्रमा सुर्दशनकै कथा रहेको छ । यस चलचित्रलाई स्वंम पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । यस चलचित्रको यसअघि तिम्रो घरको वरिपरी बोलको गीत सार्वजनिक गरिएको थियो । यो गीतलाई दर्शकले खुबै मन पराएका छन् । यसअघि आउँदो फागुन २३ गते प्रदर्शनमा आउँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>