अन्तर्राष्ट्रिय

भारतका टेलिभिजन कलाकार कुशल पञ्जाबीले गरे आत्महत्या

Banner

काठमाडौँ पुस ११-

टेलिभिजन कलाकार कुशल पञ्जाबीको ३७ वर्षको उमेरमा निधन भएको छ । उनी मुम्बईको पाली हिलस्थित आफ्नो कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मुम्बई प्रहरीले उनको आत्महत्याका कारण निधन भएको पुष्टि गरेको छ तर आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको बताएको छ ।

समाचार एजेन्सी एनएनआईका अनुसार, उक्त घरबाट सुसाइड नोट बरामद गरेको छ । उनका साथी तथा एक्टर करनवीर बोहराले पनि सामाजिक सञ्जालमा यो घटनाको जानकारी दिएका छन् ।

करनवीरले कुशल पंजाबीको तस्बिर ट्वीट गर्र्दै उनको मृत्युमा दुःख व्यक्त गरेका छन् । कुशल पंजाबीले ३० वटा भन्दा धेरै टेलिश्रंखलामा अभिनय गरेका छन छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>