चितवन विशेष

भरतपुरको बागीश्वरी आध्यात्मिक परिषद्मा विवाद

Banner

चितवन,पुस ८-

भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रम समितले आफूहरुमाथि संरक्षक मण्डलले अभद्र व्यवहार गरेको बताएको छ ।

मंगलबार नरायणगढमा पत्रकार सम्मेलन गर्दै आश्रमका अध्यक्ष शैलेन्द्र कुमार पियाले पुस ७ गते बैठक बसिरहेको स्थानमा योगी ब्यग्र बेधनाथ, योगी निरन्जन नाथको नेतृत्वमा आएका साधु सन्तहरुले बैठकको कार्यसूचीमानै प्रवेश गर्न नदिई हुलदङ्गा र अभद्र व्यवहार गरी कार्यसमतिका पदाधिकारी, सदस्य त्यहाँका डाक्टर र अन्य कर्मचारीलाई दुव्र्यवहार गरेको बताएका छन् । आफूहरुले असुरक्षाको महसुस गरी प्रहरी प्रशासनमा खबर गरेको र पछि प्रहरीले त्यहाँका सुधुहरुलाई कार्यालयमा बोलाएर अब यस्तो नगर्न भनेपछि उनीहरुले हाल केही नगरेको तर आफूहरुभने असुरक्षित भइरहेको अध्यक्ष पियाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पिया, निर्वतमान अध्यक्ष ऋषिराज पाण्डे सहितका सहभागीहरुले बागीश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रमको विधानमा व्यवस्था भएको प्रमुख संरक्षक र संरक्षकको अधिकार कटौती गरी त्यहाँबाट जोगीहरुलाई नहटाउँदासम्म आफूहरुले सहज ढङ्गबाट काम गर्न नपाउने बताउदै बिधानमा भएको नाथहरुको अधिकार खारेज गर्नुपर्ने समेत बताएका थिए । त्यहाँ परिषदले प्राकृतिक चिकित्सालय सञ्चालनको नाममा २५ शैयाको अस्पताल नै सञ्चालन गर्ने गरी पूर्वाधारहरुको विकास गरी त्यसलाई कमाइखाने केन्द्रका रुपमा विकास गर्दै लैजान थालेपछि संरक्षक सहितका साधु सन्त र समितिकै केहि पदाधिकारी र सदस्यहरुले बिरोध गरेका थिए ।

आफूहरुले त्यहाँ गरेको काम देखेर आत्तिएका केहि मानिसहरुले राजनीतिक रुपमा पूर्वाग्रह राखी चिकित्सालयको बारम्बार बिरोध गरेका अध्यक्ष पियाको भनाइ थियो । योगी नरहरी नाथको आश्रम रहेको सो स्थानमा मेडिकल कलेजले छाडेको भवनमा बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरी नाथ आश्रम सञ्चालक समितिले त्यहाँ छुट्टटै समिति निर्माण गरी चिकित्सालय सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>