भिडियो

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’: पहिलो गीत ‘फनफनी’ सार्वजनिक(भिडियोसहित)

Banner

चितवन, पुस ३–

चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ ।

‘फनफनी’ बोलको गीत आज (बिहीबार) काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् भने गीतको शब्द डिपी खनालले लेखेका हुन् ।

शंकर विसीको कोरियोग्राफी र शैलेन्द्र डी कार्कीको छायांकन रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायत ठुम्का लगाउँदै देखिएका छन् । त्यस्तै, गीतमा मोडल अञ्जली अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>