चितवन विशेष

चितवनमा सुरक्षित आप्रवासन परियोजना सुरु, वैदेशिक रोजगारी सम्बन्धि सूचनाको पहुँच पुर्‍याइने

Banner

चितवन, पुस २–

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउनका लागि चितवनमा सुरक्षित आप्रवासन परियोजना सुरु भएको छ ।

नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको सहयोगमा चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा आप्रवासन परियोजना सुरु भएको हो । हेल्भेटास स्विस इन्टरको अपरेशन नेपालले परियोजनाका कार्यक्रम संचालनमा प्राविधिक सहयोग गर्नेछ ।

परियोजनाले वैदेशिक रोजगारी सम्बन्धि सूचनाको पहुँच प¥याउने, सीप तालिमका लागि सहजीकरण गर्ने, न्यायमा सहजीकरण, मनोसामाजिक, परामर्शको सिफारिस, वित्तिय साक्षरता सम्बन्धी जानकारी दिने हेल्भेटासकी कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिईन् । “चितवनमा तेस्रो चरणको परियोजना अन्तरगत साउन महिनादेखि सुरक्षित आप्रवासन परियोजना सुरु भएको छ” पौडेलले भनिन् “वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी, सीप, प्राविधी र अनुभवनलाई स्वेदशमा उत्पादन मुलक क्षेत्रमा लगाउनको लागि यस परियोजनाले सहजिकरण गर्नेछ ।” अहिले चितवनका चार वटा स्थानीय तहमा सेवा खरिदको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिईन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा पुसको अन्तिम सातादेखि आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेर कार्यक्रम सञ्चालन गर्ने हेल्भेटास स्विस इन्टर अपरेशन नेपाल परियोजनाकी कार्यक्रम अधिकृत पौडेलले बताईन् । वित्तिय सारक्षरता र मनोसामाजिक कार्यक्रम जिल्लाका चार स्थानीय तहका नागरिकलाई मात्र गर्ने भएपनि सूचना, कानुनी सहजीकरण र शीपको सहजीकरण जिल्ला भर निःशुल्क प्रदान गर्ने लक्ष्य रहेको उनले बताईन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना सञ्चालित छ । विशेष गरि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका जिल्लाहरुमा परियोजना सुरु गरिएको छ । तेस्रो चरण अन्तरगत चितवन सहित ३९ जिल्लाका १५६ स्थानीय तह, प्रदेश तथा संघीय स्तरमा कार्यक्रम सञ्चालन भएको छ । परियोजनाको अवधि २०७९ सम्म रहेको हेल्भेटास स्विसकी कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिईन् । यो अवधिमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमुक्त जनशक्तिको विकास २७ हजार, सुचना पहुँच ९ लाख, न्यायमा पहुँच १५ हजार, मनोसामाजिक परामर्श ४६ हजार र ४६ हजार जनालाई साक्षरता प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको छ । ठगिएका व्यक्तिलाई कानुनी साहायता समेत प्रदान गर्ने छ ।

चितवन वैदेशिक रोजगारीमा जाने मध्ये १७ स्थानमा पर्दछ । यहाँबाट गत आर्थिक बर्ष ७ हजार ४ सय ४४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी धनुषाबाट २१ हजार २ सय ६० जना वैदेशिक रोजगारीमा गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पहिलो चरणमा खोटाङ, सर्लाही र दोस्रो चरणमा १९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना समपन्न भैसकेको छ । सुरक्षित वैदेशिक रोजगारका वारेमा जनचेतनाको कमी, गन्तव्य मुलुकमा गर्नु पर्ने कामको वारेमा उचित सीप नहुँदा नेपालीहरु ठगिने गरेका छन् । जसका कारण पारिवारिक वेमेल, घरेलु हिंसा र विखण्डन बढ्दै गएको अधिवक्ता सुय बहादुर बोहोराले जानकारी दिए । उनका अनुसार विदेश पठाउने कम्पनीबाट नै नेपाली कामदारहरु ठगिने गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक एक हजार भन्दा बढी नेपाली कामदारहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । रोजगारीका लागि ४ लाख ५० हजार नेपाली युवा विदेश पलायन भएको उनले जानकारी दिए । विदेशमा नेपालीहरु न्यून ज्यालामा काम गरेको बताउँदै उनले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार र रोजगारको सृजना गर्नुपर्ने उनको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>