चितवन विशेष

चितवनमा सुरक्षित आप्रवासन परियोजना सुरु, वैदेशिक रोजगारी सम्बन्धि सूचनाको पहुँच पुर्‍याइने

०
Banner

चितवन, पुस २–

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउनका लागि चितवनमा सुरक्षित आप्रवासन परियोजना सुरु भएको छ ।

नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको सहयोगमा चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा आप्रवासन परियोजना सुरु भएको हो । हेल्भेटास स्विस इन्टरको अपरेशन नेपालले परियोजनाका कार्यक्रम संचालनमा प्राविधिक सहयोग गर्नेछ ।

परियोजनाले वैदेशिक रोजगारी सम्बन्धि सूचनाको पहुँच प¥याउने, सीप तालिमका लागि सहजीकरण गर्ने, न्यायमा सहजीकरण, मनोसामाजिक, परामर्शको सिफारिस, वित्तिय साक्षरता सम्बन्धी जानकारी दिने हेल्भेटासकी कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिईन् । “चितवनमा तेस्रो चरणको परियोजना अन्तरगत साउन महिनादेखि सुरक्षित आप्रवासन परियोजना सुरु भएको छ” पौडेलले भनिन् “वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी, सीप, प्राविधी र अनुभवनलाई स्वेदशमा उत्पादन मुलक क्षेत्रमा लगाउनको लागि यस परियोजनाले सहजिकरण गर्नेछ ।” अहिले चितवनका चार वटा स्थानीय तहमा सेवा खरिदको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिईन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा पुसको अन्तिम सातादेखि आप्रवासी स्रोत केन्द्र सञ्चालन गरेर कार्यक्रम सञ्चालन गर्ने हेल्भेटास स्विस इन्टर अपरेशन नेपाल परियोजनाकी कार्यक्रम अधिकृत पौडेलले बताईन् । वित्तिय सारक्षरता र मनोसामाजिक कार्यक्रम जिल्लाका चार स्थानीय तहका नागरिकलाई मात्र गर्ने भएपनि सूचना, कानुनी सहजीकरण र शीपको सहजीकरण जिल्ला भर निःशुल्क प्रदान गर्ने लक्ष्य रहेको उनले बताईन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना सञ्चालित छ । विशेष गरि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका जिल्लाहरुमा परियोजना सुरु गरिएको छ । तेस्रो चरण अन्तरगत चितवन सहित ३९ जिल्लाका १५६ स्थानीय तह, प्रदेश तथा संघीय स्तरमा कार्यक्रम सञ्चालन भएको छ । परियोजनाको अवधि २०७९ सम्म रहेको हेल्भेटास स्विसकी कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिईन् । यो अवधिमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमुक्त जनशक्तिको विकास २७ हजार, सुचना पहुँच ९ लाख, न्यायमा पहुँच १५ हजार, मनोसामाजिक परामर्श ४६ हजार र ४६ हजार जनालाई साक्षरता प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको छ । ठगिएका व्यक्तिलाई कानुनी साहायता समेत प्रदान गर्ने छ ।

चितवन वैदेशिक रोजगारीमा जाने मध्ये १७ स्थानमा पर्दछ । यहाँबाट गत आर्थिक बर्ष ७ हजार ४ सय ४४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी धनुषाबाट २१ हजार २ सय ६० जना वैदेशिक रोजगारीमा गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पहिलो चरणमा खोटाङ, सर्लाही र दोस्रो चरणमा १९ जिल्लामा सुरक्षित आप्रवासन परियोजना समपन्न भैसकेको छ । सुरक्षित वैदेशिक रोजगारका वारेमा जनचेतनाको कमी, गन्तव्य मुलुकमा गर्नु पर्ने कामको वारेमा उचित सीप नहुँदा नेपालीहरु ठगिने गरेका छन् । जसका कारण पारिवारिक वेमेल, घरेलु हिंसा र विखण्डन बढ्दै गएको अधिवक्ता सुय बहादुर बोहोराले जानकारी दिए । उनका अनुसार विदेश पठाउने कम्पनीबाट नै नेपाली कामदारहरु ठगिने गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक एक हजार भन्दा बढी नेपाली कामदारहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । रोजगारीका लागि ४ लाख ५० हजार नेपाली युवा विदेश पलायन भएको उनले जानकारी दिए । विदेशमा नेपालीहरु न्यून ज्यालामा काम गरेको बताउँदै उनले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार र रोजगारको सृजना गर्नुपर्ने उनको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>