देश/प्रदेश
प्रताप दासको नयाँ गीत हिमाल हौं तिमी सार्वजनिक

चितवन, मंसिर २-
गायक प्रताप दासको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत ‘हिमाल हौं तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको संगीत रहेको यस गीतमा मानसी किरणको संगीत संयोजन रहेको छ । आकर्षण लोकेशनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा निकै नै चर्चित मोडल अन्जली अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ ।
खड्काले यसअघि एकल र सोलो गरेर तीन दर्जन बढी गीतमा संगीत भरिसकेका छन् भने एक दर्जन बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन्् र पछिल्ला केही वर्षदेखि आफूलाई अभिनयमा पनि बेस्त राखेका छन् । राज खड्का यस गीतको म्युजिक भिडियो निर्देशक पनि हुन् । अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छाँयाङकन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन । यस भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्टबाट आइतबार सार्वजनिक गरिएको हो ।
























