मनोरञ्जन

नायिका आँचलको बिहे फागुनमा

Banner

काठमाडौँ कात्तिक २७-

करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन् ।

यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ । नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले फागुणमा आफूहरुले बिहे गर्ने जानकारी दिएकी छिन् ।

उनले भनिन्–‘हामीले फागुणमा बिहे गर्ने तयारी गरेका छौ । कुन दिन बिहे हुन्छ पक्का भएको छैन ।’ नायिका शर्माले अहिले ‘झिंगे दाउ’ नामक चलचित्र साइन गरेर बसेकी छिन् । उनले, बिहे अगाडि पनि राम्रो चलचित्रको अफर आएको खण्डमा गर्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>