खैरहनी
पूर्वीचितवनमा भिटेनले तहल्का मच्चाउने

चितवन, कार्तिक २५–
चर्चित युवा र्यापर समिर घिसिङ ‘भिटेन’ले पूर्वीचितवनमा धमाका मच्चाउने भएका छन् ।
डिज्नीपार्क रिसोर्ट खैरहनी पर्सामा हुने तेस्रो संस्करणको पर्सा म्यूजिक फेस्टिवलमा भिटेनले धमाका मच्चाउने भएका हुन् । फोरजी ब्रोदर्श नेपालको आयोजनामा यही कार्तिक ३० गते शनिबार पर्सा म्यूजिक फेस्टिवल हुन लागेको हो ।
भिटेनको प्रस्तुती हेर्नका लागि रु.३०० को टिकट व्यवस्था गरिएको सञ्जु पुनले जानकारी दिए । कार्यक्रमको तयारी भव्य रुपमा भइरहेको र पूर्वीचितवनकै उत्कृष्ट इभेन्ट बन्ने इभेन्ट म्यानेजर आकाश शर्माले जानकारी दिए ।
यस्तै म्यूजिक फेस्टिवलमा रोविन एण्ड दि न्यू रिभोलुसन र र्यापर मिस्टर डीको समेत प्रस्तुती रहेको इभेन्ट प्लानर जयस चौधरीले जानकारी दिए । दर्शकहरुलाई मनोरञ्जनका लागि चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले समेत प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रमको सुरुवात भने क्लाउडस व्याण्ड, डिजे शैलेसले गर्नेछन् ।
























