चितवन विशेष

निरन्तर साहसिक साइकल यात्रामा चितवनकी रुक्मिणी

Banner

चितवन, कात्तिक १८-

पारिवारिक घरधन्दा र विद्यालयमा चक, डस्टरमा बितेको दैनिकी छाडेर रुक्मिणी सापकोटा घिमिरेले आजभोलि शाहसिक साइकल यात्रालाई रोजेकी छन् । प्रायः त साइकल यात्रामा पुरुषहरुको संख्या बढी देखिएकोले पनि यो क्षेत्रमा महिलाहरुको संलग्नता कम नै हुने गर्छ । व्यक्तिगत स्वास्थ्य र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिन पनि उनले साइकल यात्रालाई रोजेकी हुन् । चितवनमा आजभोलि उनको व्यस्तता बढ्दो देखिन्छ ।

साइकलयात्री घिमिरेले साइकलमा नै नारायणगढदेखि मुक्तिनाथ, सिराइचुली र बन्दीपुरसम्मको यात्रा पूरा गरिसकेको जनाइन् । उनले भविष्यमा नारायणगढबाटै पशुपति, सिन्धुलीगढी, जनकपुर, माथिल्लो मुस्ताङ, लुम्बिनी, रारा जस्ता ऐतिहासिक र धार्मिक क्षेत्रको साइकलमा भ्रमण गर्ने पनि लक्ष्य राखेकी छन् । उनको लागि साइकल नै जीवनको सहयात्री र समाज परिवर्तनको महत्वपूर्ण साधन बनेको छ ।
तिहार सकिए लगत्तै रुक्मिणी साइकल यात्रामा नै सहभागी भइन् । उनीसहितको साइकल यात्रीहरुको समूहलाई उधोग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल बोटल उधोग संघका केन्द्रीय उपाध्यक्ष सोमप्रसाद काप्री, चितवन राइडर्स क्लबका कोषाध्यक्ष धर्मराज सापकोटा र अन्य राइडर्श क्लबका पदाधिकारीहरुले बिदाइ गरे । बिदाइसँगै उनीहरु नारायणगढबाट साइकलमै मुग्लिङ, धादिङहुँदै जोगिमारा, कोट, हात्तिबाङ, उपरडाङगढीसम्म पुगे ।

साइकल यात्री घिमिरेले भनिन् , ‘पहिलो दिन हामी नारायणगढ हुँदै मुग्लिङ, हुङ्डीखोला ,जोगिमारा, कोटहुँदै हात्तीबाङ पुग्न सफल भइयो । मलाई यात्रामा अन्य छ जनाले साथ दिएका थिए ।’ यात्राको नेतृत्व चितवन राइडर्स क्लबका अध्यक्ष नवीन खरेल, रामचन्द्र सुवेदी र केशव घिमिरेले गरेका थिए । अन्य सहयात्रीमा रोनिश कर्माचार्य, मनिश, देवशिस थिए ।

उनीहरु हात्तिबाङ करिब १३ घण्टाको राइडिङमा पुगेका थिए । घिमिरेले भनिन्, ‘हामी खाना खाएर केही बेर रमाइलो यात्राको गफ गर्दै सुत्न तिर लाग्यौं । भोलि पल्ट बिहान हामी चितवनको सबैभन्दा अग्लो पहाड सिराइचुली घुम्यांै । वरिपरिबाट हिमालै हिमाल हाँसिरहेको दृश्यले हामी सबैलाई मनमोहक बनायो ।’ जंगलभरी गुराँसको रुख अनि थरी थरीका फूलले अझ यात्रालाई मनमोहक बनाएको थियो । दुई घण्टाको बसाइपछि उनीहरु तल हात्तिबाङ झरे ।

हात्तीबाङ नाम कसरी भयो भन्ने साइकल यात्रीहरुको जिज्ञाशालाई मेटाउन उनीहरुको बसेको होटेलका बुबाले त्यही अगाडि हात्तीको स्वरुप भएको ढुंगा देखाउँदै केही रोचक कथा सुनाए । हात्तिबाङका नागरिक सबै सरल स्वभावका, सोझा र मेहेनती देखिन्थे । तर, बिडम्बना गाउँमा बिजुलीको पोल गाडेर पनि अहिलेसम्म बिजुली बत्ती नआएको करिब दुई वर्ष भएको पीडा उनीहरुले अनुभव गरे ।

उनीहरु खाना खाएपछि साइकल यात्रीहरु केही बेर आराम गरी अर्को गन्तव्य कोट र उपरदाङगढी तिर लागे । कोटमा केही बेर आराम गरेपछि हाम्रो साइकल उकालो ओरालो हुँदै हिमाल पारिका पहाड जस्तै देखिने नाङ्गा पहाडलाइ छिचोल्दै सुन्दर गाउँबस्ती हुँदै करिब बेलुकाको ७ बजे उनीहरु उपरदाङगढी पुग्न सफल भए । केही बेर उनीहरु आराम गरेपछि खाना खाई रमाइलो गफ गर्नतिर लागे । भोलिपल्ट बिहान उनीहरु ऐतिहासिक स्थल गढीमा र गाउँघरतिर केही बेर घुमे । करिब हामी ११ बजे खाना खाइ केही बेर आराम गरी करिब १२ बजे शक्तिखोर हुँदै नारायणगढ पुगे ।

साइकल यात्री घिमिरेले भनिन्, ‘हाम्रो तीन दिनको यात्रा अतिनै रमाइलो भएको थियो । हाम्रो यो यात्रालाई भावनात्मकरुपमा विभिन्न संघसस्था तथा व्यक्तिहरुले शुभकामना दिएका थिए ।’ उनले यात्रामा सहभागी सबैलाई विशेष धन्यवाद पनि दिइन् । दिनेशलाल चुकेले उनीहरुलाई स्थानीय परिवेशको बारेमा धेरैभन्दा धेरै जानकारी गराएका थिए ।

उनको लक्ष्य खाली साइकल चलाउनु मात्र नभई केही शिक्षा समाजलाइ छोड्नु पनि थियो । साइकल यात्री घिमिरेले भनिन्, ‘हामीले दैनिक जीवनमा साइकल केही समय चलाउँदा पनि हाम्रो स्वास्थ र वातावरणलाई सकारात्मक असर पर्नेछ । अब नेपाल सरकारले पनि बाटो बनाउँदा साइकल लेनलाई पनि विशेष प्राथमिकता दिनु पर्छ । साइकल चलाएर स्कुल तथा कलेज पढ्न आउने विद्यार्थीलाई पनि विशेष छुट र हौसला दिनसकेमा हाम्रो चितवन र पूरै देश साइकलको देश भनेर चिनिनेछ ।’ उनले आउदै गरेको पर्यटन वर्ष २०२० हामी सबै नेपालीहरुले चाडवाड जस्तै गरेर मनाउन अनुरोध गरिन् । उनले भनिन्, ‘ सबै आन्तरिक तथा बाहिरका पर्यटकलाई मीठो र राम्रो व्यवहार गरांै’ । हाम्रो देश कृषि प्रधान होइन सरकार, स्थानीय सरकार तथा महानगरपालिका र नगरपालिका र सबै जना मिलेर ग¥यौं भने संसारको पहिलो गन्तव्यको देश बन्ने साइकल यात्री घिमिरेको विचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>