देश/प्रदेश

आँचल र उदिपको सम्बन्धको एक वर्ष  

Banner

काठमाडौँ कात्तिक १५ –

फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट एकसाथ नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडीलाई दर्शकले निकै रुचाए। दुवैले सँगसँगै केही फिल्ममा काम गरिसकेपछि पल र आँचल प्रेम सम्बन्धमा रहेको अफवाहहरु मिडियामा छाए।

त्यसो त पल र आँचलका फ्यानहरुले उनीहरुलाई ‘आँप’ जोडीको उपमासमेत दिएका थिए। तर पछिल्लो समय आँचलले फिल्म ‘दाल भात तरकारी’ मा अभिनेता पुष्प खड्कासँग अभिनय गरेपश्चात् उनीहरुको प्रेमको चर्चा सेलायो।

हाल आँचल शर्मा डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेको चर्चा छ। हालै उनले आफ्ना तिनै प्रेमी डाक्टरसँगको पहिलो वर्षगाँठको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्।

उनले प्रेमीसँगको तस्बिर अपलोड गर्दै लेखेकी छन्– ‘यो तस्बिरले मलाई हाम्रो पहिलो भेटको सम्झना गरायो। यो पूरै वर्ष निकै सुखद रह्यो। म यो खुसी तिमीसँग साट्न चाहन्छु। मैले कहिल्यै पनि सोचेकी थिइन् कि तिमी मेरो लागि यति महत्वपूर्ण हुन्छौ भनेर।’

आँचलले उक्त तस्बिरमा उदिपसँग पहिलो पटक भेट्दाको १५ मिनेटको डेट भनेरसमेत क्याप्सनमा उल्लेख गरेकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>