देश/प्रदेश

भारतीय लगानीमा दुई नेपाली चलचित्र बन्ने

Banner

काठमाडौँँ, कात्तिक १४-

भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अर्थात् एनएफडीसीले सन् २०१९ मा सहनिर्माण गर्ने १४ चलचित्रको सूची सार्वजनिक गरेको छ। संस्थाको परियोजना चलचित्र बजारअन्तर्गत दुई नेपाली चलचित्रसमेत परेका छन्।

नेपाली चलचित्रहरु इन्द्रेणी परी र अनन्मात एनएफडीसीले संयुक्त लगानी गर्ने भएको हो। आइसफल प्रोडक्सनको इन्द्रेणी परीलाई निरञ्जन भेटवालले निर्देशन गर्नेछन्। त्यस्तै चलचित्रका लागि नेपाली निर्माता रामकृष्ण पोखरेल रहनेछन्। त्यस्तै क्रलिङ एन्जल फिल्म्सको प्रस्तुति रहने अनन्तलाई सौरभ राईले निर्देशन गर्नेछन्। चलचित्रका निर्माता सञ्जय गुलाती हुन्।

चलचित्र बजार एनएफडीसीले कला विस्तारको क्षेत्रमा अन्तर्राष्ट्रिय बजार तथा लगानी विस्तारका लागि सुरु गरेको परियोजना हो। नोभेम्बर २० देखि २४ सम्मका लागि तय भएको कार्यक्रम यस वर्ष गोवामा आयोजना हुँदैछ। दक्षिण एसीयाको फिल्म बजार विस्तारका लागि सुरु गरिएको यस कार्यक्रममा नेपाल र भारतसँगै बंगलादेश, भुटान, फ्रान्स, सिंगापुर र अमेरिकी फिल्म संयुक्त रुपमा निर्माण हुँदैछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>