मनोरञ्जन
युट्युवबाट गीत हटाएसंगै गायक दुर्गेश थापा छुटे
०

काठमाडौं, कार्तिक ५–
बीच्च बीच्चमा बोलको तीज गीतले एकाएक चर्चा कमाएका गायक दुर्गेश थापा चिसो बियर बोलको देउँसी गीत निकालेपछि विवादमा परे ।
सोही विवादका कारण आज विहान उनलाई पक्राउ गरेको थियो । सो विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक थापालाई दिउँसो छाडेको छ। तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएप्छि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























