मनोरञ्जन

गायक दुर्गेश थापालाई प्रहरीले बोलायो, ‘ह्याप्पी तिहार, चिसो वियर’ गीत विवादमा

Banner

काठमाडौं,कात्तिक ४-

विवादित ‘तिहार गीत’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ ।दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत यूट्यूवमा सार्वजनिक गरेका थिए । गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ । आलोचनात्मक प्रतिक्रियाहरु आएपछि कमेन्ट युट्यूवको कमेन्ट बक्स नै गायब पारिएको थियो ।

गीतले तिहार र देउसीको भावनामा ठेस पुर्‍‍याएको भन्दै जिप्रकामा उजुरी परेको हो । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>