देश/प्रदेश

नेपाली चलचित्र ‘मेरो दिल छ पोखरामा’ पुस ११ बाट प्रदर्शनमा आउने

Banner

काठमाडौँ, कात्तिक ४-

बिजि बर्मा फिल्मस्को ब्यानरमा निर्माण भएको पारिवारिक कथानक चलचित्र ‘मेरो दिल छ पोखरामा’ पुस ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा युवायुवतीबीच हुने त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । कला राईको चलचित्रमा प्रस्तुति रहेको छ । चलचित्रमा राजु पौडेल, रन्जु रन्जना र रोशन बिसीले डेब्यु गर्दैछन भने दिपक राई, कला राई, गंगा कुँवर, लक्ष्मी श्रेष्ठ , हेमलता घिमिरे , लक्ष्मण भण्डारी , विशाल सुनुवारको अभिनय रहेको छ ।

विश्वास भण्डारीको सम्पादन रहेको चलचित्रमा रामकृष्ण कँडेलको छायांकन , देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य कबिन खड्काको श्रीङ्गार रहेको निर्माण पक्षले बताएको छ । पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, शंकर अधिकारी ‘घायल’को संगीतमा, नित्याशिवा, पुरुषोत्तम न्यौपाने , सिडि विजय अधिकारी, ममता मगरको स्वर अनि दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द रहेको छ । चलचित्रलाई पुस ११ मा अल नेपाल रिलिज गरिने निमार्ण पक्षले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>