चितवन विशेष

असोज २९ मा ‘भण्डारा म्यूजिक फियस्टा हुने’

Banner

चितवन, असोज २६–

भण्डारा बजार युवा समाजको आयोजनामा नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहारको अवसरमा ‘भण्डारा म्यूजिक फियस्टा’ हुने भएको छ ।

यही असोज २९ गते राप्ती नगरपालिका–६, भण्डारा उच्च माविको प्राङगणमा ‘भण्डारा म्यूजिक फियस्टा’ हुन लागेको हो । म्यूजिक फियस्टा दिउँसो १ बजेदेखी बेलुका ८ बजेसम्म संचालन हुनेछ ।

कार्यक्रमको मुख्य आकर्षणमा सविन राई एण्ड द फरोह, डीसी क्रियसन नेपाल व्याण्डको प्रस्तुती, भण्डारा डान्स सेन्टरको नृत्य प्रस्तुती, लाईभ डिजे, लोक साँस्कृतिक तथा नृत्यको प्रस्तुती र स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको आयोजक संस्थाका अध्यक्ष रवि रुवालीले जानकारी दिए ।

सामाजिक कार्यमा युवा वर्गलाई अग्रसर गराउन, चाडपर्वको संरक्षणका लागि जनचेतना फैलाउन, स्थानीय कला संस्कृतिको उत्थान गर्ने र सामाजिक कार्यहरु अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका सल्लाहकार रमेश पाण्डेले बताए ।

भण्डारा बजार युवा समाजले विगत लामो समयदेखी विभिन्न सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>