सूचना-प्रविधि

चोरमारामा टेलिकमको सेवा पुर्णतः अवरुद्ध,सेवाग्राही समस्यामा

Banner

बिजय चालिसे

नवलपुर ,असोज ९-

नवलपुरको मध्यविन्दु नगरपालिकाको चोरमारामा नेपाल टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
नेपाल टेलिकम शाखा कावासोतीका प्रमुख प्रभुराम मौरेका अनुसार चोरमारा बजारको पूर्व पट्टी उकालोमा टेलिकमको फाइबरमा सवारी साधनले क्षति पुर्याएका कारण आज विहानैदेखि चोरमारा बजार आसपासका क्षेत्रमा नेपाल टेलिकमको सिडिएमए, ल्याण्ड लाइन र मोबाइल सेवा अवरुद्ध भएको हो ।

सेवा अबरुद्ध भएपछी यहाँका सेवाग्राहिले सास्ती ब्यहोर्नु परेको छ । टेलिकमको सबै सेवा अवरुद्ध भएपछि चोरमारा क्षेत्रका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि सेवाग्राही एनसेलको सिम प्रयोग गर्न बाध्य बनेका छन् । सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा असर पुगेको छ । विभिन्न वित्तीय संस्था एवं ब्यापारीहरुले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ ।

टेलिकमको सेवा अवरुद्ध भएपछि व्यापार–व्यवसायमा समेत असर पुगेको ब्यबसायिहरुले बताएका छन् ।
टेलिकम प्रमुख मौरेले दिनभर पानी नपरी मौसमले साथ दिएर मर्मत गर्न पाए आज नै चोरमारा आसपासका क्षेत्रमा सेवा सञ्चालनमा आउने प्रमुख मौरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>