सूचना-प्रविधि
भायनेटले ल्यायो ‘दशै तिहार टिभीको उपहार’

काठमाडौं, भदौं २६–
नेपालको पहिलो र ठूलो FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनि भायनेट कम्युनिकेसन्स्ले आज (बिहीबार) (भदौं २६ गते)देखि दशै र तिहारलाई मध्यनजर गर्दै ग्राहकहरुको लागि ‘भायनेट दशै तिहार TV को उपहार’ नामक नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टि.भि.का ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्नेछन् ।
वार्षिक रु २५,९९० प्लस VAT को मुल्यमा ग्राहकहरुले ५० mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको NETTV को साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान पाउनेछन् । ग्राहकहरुको सुबिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।
वार्षिक ३४ हजार ५४५ रुपैयाँ प्लस VAT को मुल्यमा ग्राहकहरुले ५० mbps स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको NETTV को साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान सक्ने र प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को छुट पाउने कम्पनिले जनाएको छ ।
विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमाब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल चितवनको नारायणगढ, टाँडी, मोरङको विराटजगर, सुनसरीको ईटहरी, पर्साको वीरगंज, मकवानपुरको हेटौडा, रुपन्देहीको बुटवल र भैरहवा, कैलालीको धनगढी, डडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा प्रदान गरिरहेको छ ।


























