विचार/ब्लग

कांग्रेसमा बीपीको आदर्श कमाइ खाने भाँडो बन्यो

Banner

प्रेम सुवेदी

जननायक बीपी कोइरालाले स्थापना गरेको नेपाली कांगेस पार्टी र नेपालको राजनीतिक अवस्थालाई मूल्याङ्कन गरेर हेर्ने होे भने जुनै जोगी आए पनि कानै चिरुवा भने जस्तो भएको छ । जुनसुकै विचार वा दिगो र नौलो दूरदर्शी योजना अपनाउन नसक्ने क्षमतानै कांग्रेसको अहिलेको मुख्य समस्या हो । पैसा नै ठूलो देख्ने हाम्रा कांग्रेस नेताजीको क्रियाकलापबाट आज नेपाली कांगेसले निर्वाचनमा यस्तो परिमाण भोग्नु परेको हो । आफ्नै पार्टीको उम्मेदवारलाई कांग्रेस पार्टीबाटै घातअन्र्तघात भएको छ ।

आफूले टिकट पाए ठीक छ तर अरुले पाए बेठीक भन्ने संस्कार कांग्रेसमा बसेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बीपीले व्याख्या गरेको दृष्टिकोण हो । जनताको हितलाई ध्यानमा राखी तयार गरिएको यो आर्दशलाई आज सत्तामा पटक पटक पुगेका हाम्रा नेताहरुले कमाइ खाने माध्यम बनाएका छन् । तर, वास्तवमा हाम्रो देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्र नै हुनु आवश्यक छ । अबको दिनमा बेरोजगारी समस्या अन्त्य गरिनुपर्छ, तब मात्र नेपाली जनताको आशा र विस्वास नेतामा रहने छ । खाली जनतालाई झुक्कयाएर जति राम्रो भाषण गरेता पनि जनताको विश्वास लिन मुस्किल छ । गरिबी उन्मुलन र प्रत्यक्ष जनतालाई राहात मिल्ने लोकप्रिय र महत्वपूर्ण कार्यक्रम ल्याउनुपर्छ ।

यदि जनताको भावना विपरीत हुन गयो भने र बीपीका विचार प्रति नेताहरु इमान्दर राष्ट्यिता प्रति सोच विचार गरिएन भने प्रजातन्त्र नै खतारामा पर्ने र मुलुकमा रक्तपात मच्चिने निश्चित छ । मुलुक झन् झन् गरिबीको चक्रव्युहमा फस्ने निश्चित छ । अब देश र जनताको लागि हाम्रा नेताहरुले विचार पु¥याउन पर्ने अवस्था आएको छ । कुनै कार्यक्रममा कांग्रेसका नेतात्रय एकै मञ्चमा देखा परेर भनेका थिए । बीपी विचारबाट कांगेस अगाडि बढ्छ भन्ने उपसभापति रामचन्द्र पौडेलको भनाइले बीपी विचार यात्रा अब मानसिकरुपले तयार भई भावनात्मक रुपमा अगाडि बढ्छ । भाषणमा मात्र नभई भावनात्मक रुपमा बढेको कर्मक्षेत्रमा देखिनु प¥यो । देखिएलाकी नदेखिएला तमाम कार्यकर्ताले कांगेस बीपी विचारबाट अगाडि बढेको अनुभूति गर्न पाउनुपर्छ ।

तथापि यसभन्दा पूर्व २०४६ —२०४७ को परिवर्तनपछि प्रजातन्त्रको पूर्नबहाली भयो । तर, बीपीको प्रजातान्त्रिक समाजवादको परिकल्पना नेपाली कांग्रेस भित्र बीपी विचार संस्मरण भन्दा विस्मरण पर्दै आयो । नेपालको इतिहासमा शमसेर खलकले जंगबहादुरको खलक मासे सम्पति लुटे अनि फेरि आफ्ना नामका पछाडि जबरा भन्ने पुच्छर जोडेका छन् । के त्यस्तै बीपी विचार बिर्सने नाम र इतिहास बेचेर खाने र नाम बीपीको लिने यो कुन कोटीको राजनीतिक संस्कारमा पर्ला ? स्मरण रहोस् बीपी विचार छाडेकैले नेपाली कांगे्रसले यति धेरै उतार चढाव व्यहोर्नु परे पनि अब संस्मरणमा आउन सके मात्र पनि सकारात्मक विषय हुन्छ । कांग्रेस नेताहरु बोल्छन्, भाषण गर्छन् तापनि कार्यान्वयन गर्दैनन् । यो पनि यथार्थ हो । यसरी कहिले विस्मरणमा बीपी विचार पर्दै आउनु बीपीको नेपाली मुलको प्रजातान्त्रिक समाजवादका हिमायतीहरुका लागि दूर्भाग्य हो भने तमाम नेपालीका दूर्भाग्य हो । उनको विचार छ दशक अघि देखिकै नेपालीको लागि थियो ।

नेपालको पछिल्लो राजनीतिक उतारचढावमा के देखिन्छ भने एउटा दल आफ्नै कारणले ओरालो लाग्दा अर्कै दल उकालो लागेको देखिन्छ । त्यसैले राजनीतिक उतारचढाबसँगै कहिले शीरमा त कहिले तिरमा दलहरु रोटेपिङ खेलिरहेका छन् । यो माथि पुगेका दलसँग प्रतिको सुदृढता होइन, अर्को दल बिग्रिएकाले र जनआस्था घटेकाले जनताले ठाउँ फेरि फेरि मत दिएकाले मात्र हो । सधै अर्को बिग्रने र आफू सप्रने परिस्थिति सिर्जना भइ रहँदैन । यो भुल्न पनि हुँदैन, जनताले सधै एउटै दल र नेतालाई साथ दिइरहने छैनन् । त्यसैले सत्ताको मातले अह्मवादी बनेका अधिनायकवादी विश्व इतिहासमा धेरैले अस्ताएका छन् । कयौं बिलाएर पनि गएका छन् । तर, नेपाली कांग्रेस बीपीको विचारमा रक्त बीज हो । कुनै पनि निरङ्कुश शासकको रक्तपातले सम्मान हुने छैन बरु जति थोपा रगत यो भूमिमा खस्छ त्यति नै लाखौ सपूत यहाँ जन्मन्छन् । रगत बग्यो कि कांग्रेस विस्तारित भई हाल्यो यही क्रम २००७, २०१७, २०३६, २०४६, २०६२ सबै संघर्षको मैदानमा लोकतन्त्रवादीकै नेतृत्व रह्यो जनताले नेपाली कांग्रेसलाई नै इतिहासमा त्यो जिम्मेवारी दिए, बीपी विचारकै कारण जनता आश्वस्त थिए र छन् । २०१७ को प्रहार पनि कांग्रेसलाई नै निशानीमा लिएर गरिएको थियो । चाहे सकरात्मक होस् वा नकारात्मक सबैको नेतृत्व निसानी आजसम्म कांग्रेसले नै व्यहोर्दै आएको छ । यो यथार्थ छापामा बङ्ग्याएर इतिहास कहिले बाङ्गिँदैन जनता साथ छन् तर पनि कांग्रेस किन निरन्तर अगाडि बढ्न सक्दैन ? त्यसको कारण हो कांग्रेससँग विशाल भावना छ तर शीर्ष नेतामा भावानात्मक एकता छैन , कार्यकर्ताको यथार्थ अभिलेख छैन । मूल्याङ्कनको परिपाटी छैन । विवेकको विचार छैन, बीपीको विचारको बौद्धिक प्रशिक्षण कार्यकर्ता माझ पुर्‍याइँदैन  । असल राम्रा हैन हाम्रा र तिम्राको व्यवहार र अवसर छ । नेताको छोराछोरीलाई नेता नै बनाउने संस्कार छ । नेता जनताबाट बनेर आउनुपर्छ ,आएको हुन्छन् भन्ने संस्कार र सोच छैन । आस्थाका कार्यकर्ता भन्दा अर्थका कार्यकर्ताहरुलाई महत्व दिइन्छ ।

दलमा भन्दा बलमा, संगठनमा भन्दा गुटमा जुटमा र फुटमा महत्व दिइन्छ । साघुँरो बसाइ , सागुरो सोचाइ छ । यस्तै यस्तै विकृत संस्कारले प्रवृतिले र उमेरमा समान प्रकृतिले कांग्रेसको सुसंगठित संगठन बन्नै सकेको छैन । यही अभ्यासले गर्दा भातृसंगठन र सुभेच्छुक संघसंस्था र आस्थाका संस्थाहरुमा पुरापुर गुटबन्दी मौलाएको छ । ताजा उदाहरण नेवि संघको अधिवेशन स्थगन र डीएलए को दोस्रो समान्तर अधिवेशन र संगठन हो । यस्ता पखेटा भाच्ने प्रवृतिले वर्तमान नेतृत्वलाई कुनकोटी र पंक्तिमा राखेर हेर्ने ? के सधै भागबन्डा ४०—६० नै हुनु पर्छ ? कांग्रेस भएर हुन्न ? आस्थावान भएर हुन्न ? शशांक कांग्रेस हुनुपर्ने ?शेरबहादुर काग्रेस हुनुपर्ने ? रामचन्द्र काग्रेस हुनुपर्ने ? यस्तो गुट नेपाली कांग्रेसको विधानमा कतै छैन । शशांक, देउवा र रामचन्द्र कांग्रेस ? यसरी नै दोस्रो पुस्ताका नेताहरुले पनि पत्यक्ष गुट बनाउन पाउने कि नपाउने ? अनि कांग्रेसले गुटको हुन्छ कि आस्थाको र आर्दशको बीपी विचारको ? कांग्रेस दलको हुनुपर्छ , बलको होइन । घरायसी बनाउने प्रवृति निर्मूल हुनैपर्छ ।

(नवलपुरको गैँडाकोट निवासी लेखक सुवेदी दोस्रो जनआन्दोलनका घाइते हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>