मनोरञ्जन
‘आमा’ का लागि सुरक्षाले गरिन कपाल मुण्डन

काठमाडौँ भदौ १२
आफूले पाएको भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रूपमा स्थान बनाएकी सुरक्षा पन्त अहिले चलचित्र ‘आमा’ को छायांकनमा व्यस्त छिन् । एकपछि अर्को चलचित्र ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के। खनालको गरिरहेकी उनी यो चलचित्रमा अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिकामा छिन् । चलचित्रले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के। खनाल हुन् ।
अभिनेत्री सुरक्षा यो चलचित्रको चरित्रमा यतिसम्म डुबेकी छन् कि वर्षौंदेखि महँगो स्याम्पूले स्याहारेको सिल्की कपाल मुण्डन गरेकी छन् । उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ । नेपाली चलचित्रमा विरलै अभिनेत्रीले कपाल मुण्डन गर्छन् । यसअघि चलचित्र ‘जाइरा’ मा अभिनेत्री नम्रता श्रेष्ठले कपाल मण्डन गरेकी थिइन् । प्रायः कस्ट्युम प्रयोग गर्ने गर्छन् ।