मनोरञ्जन

नेपाली चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक

Banner

काठमाडौं, साउन २९-

एक्शन लभस्टोरी फिल्म ‘सोच’को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।

भदौं२० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ । केही समय अघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउँछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>