बलिउड/हलिउड

फिल्मको प्रिमियरका लागि सन्नी लियोनी नेपाल आउने

Banner

काठमाडौं भदौ ४

बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी सन्नीको गीत करिब ४० लाखले हेरिसकेका छन् । उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ । फिल्मको प्रिमियर प्रदर्शन राजधानी काठमाडौ‌ंमा हुँदैछ । यसका लागि अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार भिडियो सन्देशमार्फत् उनी नेपाल आउने जानकारी दिएकी छन् ।

फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्न महँगो पारिश्रमिक दिएको थियो । उनी सर्त बमोजिम नेपाल आउने पक्का भएको हो । यस फिल्ममा उनको नृत्यसँगै अभिनयसमेत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>