राजनीति
चुनावमा चन्दा लिएकाले छड र सिमेन्टको मूल्य बढ्दा बोलेनौंः मन्त्री यादव
०

काठमाडौं,साउन २४-
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको बताएका छन् । आज नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताए ।
‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, उनले भने ,हामी बोल्न सकेनौं ।व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो जनताबाटै डाँढेर दिने रहेछन् । उनले अबदेखि चन्दा सामाजिक उत्तरदायित्वको कोषबाट दिन आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>