भिडियो
चितवनका प्रदिपको तीजको गीत ‘चरी’ सार्वजनिक (भिडियोसहित)

चितवन, साउन १०–
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज सम्बन्धी नयाँ नयाँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यसैक्रममा तीजकै अवसर पारेर चितवनका गायक प्रदिप त्रिपाठीले ‘चरी’ बोलको नयाँ तीज गीत बजारमा ल्याएका छन् ।
भरतपुर–१३ राईनोकुञ्ज घर भएका गायक त्रिपाठीको गीतमा तीज पर्वको मौलिकता झल्काउन खोजीएको छ । बाबु आमा नहुँदा चेलीको मनमा खेलेका कुराहरु गीत मार्फत प्रस्तुत गर्न खोजीएको छ । माइतीमा बाबुआमा नहुँदा माइती जान मन नलागेका कुराहरु कलात्मक ढंगबाट प्रस्तत गरिएको तीज गीतमा गायक त्रिपाठीलाई राधिका हमाल र कमला दाहालले साथ दिएका छन् । यस गीतमा गायिका कमला दाहालको लय रहेको छ भने गीतलाई घनश्याम रिजालले लेखेका हुन ।
राकेश सानीले ऐरेन्ज गरेको गीतलाई दिपक गिरीले छायाकंन, निशान एसकेले निर्देशन र प्रकाश एसकेले सम्पादन गरेका छन् । यस अघि पत्रकार ऋषी धमलाको बारेमा गीत गाएर ख्याति कमाएका लोक तथा दोहोरी गायक त्रिपाठीको यस गीतले समेत दर्शकको अपार माया पाउने विश्वास लिएका छन् ।
https://www.youtube.com/watch?v=AN6pKAUK6Rc