राजनीति

कांग्रेस महामन्त्री कोइरालाको गाडी टेकु पुलमूनि फस्यो

Banner

काठमाडौं, असार २७-

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो। त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए।

कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए। बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>