प्रदेश २

प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त: पूर्वमन्त्री यादव

Banner

जनकपुर, असार २६-

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताए ।

केन्द्रीय सदस्य यादवले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गरे ।

एक प्रश्नको जवाफमा उनले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य छन् भने त्यसको पनि छानविन हुनुपर्छ भने । केन्द्रीय सदस्य यादवले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>