राजनीति
गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा सांसद अवरुद्ध
काठमाडौं असार २४-
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।
पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पार्नुभएको थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा घटना भएको बताएका थिए ।
विप्लब समुहका कार्यकर्ताले सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समुह र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुँदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताएका थिए ।
सांसदहरुले तीनै घटनाको अध्ययनको लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् ।