मनोरञ्जन
सार्क फिल्म फेस्टिवलमा स्वस्तिमाले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड
०

काठमाडौं, असार २३-
अभिनेत्री स्वस्तिमा खड्काले श्रीलंकामा भएको सार्क फिल्म महोत्सवमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।
उनले स्पेसल जुरीतर्फको अवार्ड हात पारेकी हुन्। बुलबुल सिनेमाका लागि उनले सो अवार्ड जितेकी हुन्।
नेपाल यो तिम्रो लागि हो । अवार्ड जितेपछि स्वस्तिमाले ट्रफी उचालेको फोटो राख्दै आफ्नो फेसबुकमा पोस्ट लेखेकी छन्।
विनोद पौडेल निर्देशित फिल्म बुलबुल मा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेकी छन् ।
सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ सहभागी भएका थिए।
यस्तैगरी फेस्टिवलमा लघु फिल्म मार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धी थिए ।
यस्तै नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो ।सेतोपाटीबाट
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>