राजनीति

पूर्वमन्त्री धमलासहित तिन नेता नेकपा प्रवेश

Banner

काठमाडौं असार २०-

पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन ।

नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराएको हो।

नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध थिएनन ।

पार्टी प्रवेशलगत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>