मनोरञ्जन

धुर्मुस–सुन्तलीले चलचित्र निर्माण गर्दै

Banner

काठमाडौं असार १९

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चलचित्र  निर्माण गर्न लागेका छन ।
चलचित्र रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।

सोसल–पोल्टिकल सटायर चलचित्रको स्क्रिप्टमा अहिले काम भइरहेको सिताराम कट्टेलले जानकारी दिए । “स्क्रिप्टमा काम भइरहेको छ । स्क्रिप्ट लक गरेपछि घोषणा गर्नेछौं,” कट्टेलले भने, “नाम पनि के राख्ने भन्ने भइरहेको छ । सायद पहिला बाहिर आएको नाम हुँदैन होला ।” शुरुमा एन्टिभाइरस नाम हुने बताइएको छ ।

चलचित्रमा मुख्य पात्रमा धुर्मुस र सुन्तली नै हुनेछन् । बाँकी कलाकार फाइनल नभए पनि उनीहरुकै टिमभित्रका हुने बताइएको छ ।

“चलचित्र कहिलेबाट शुरु हुन्छ भन्ने फाइनल भइसकेको छैन,” निर्देशक रामबाबु गुरुङले भने, “उहाँहरु पनि रङ्गशालाको काममा ब्यस्त हुनुहुन्छ । म पनि ‘कबड्डी’को काममा ब्यस्त छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>