राजनीति
प्रधानमन्त्रीद्धारा वृक्षारोपण अभियानको शुभारम्भ, देशभर ५ करोड बिरुवा रोप्ने घोषणा

काठमाडौं,असार १४-
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे ।
सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।
कोटेश्वर क्षेत्रको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, कानुन मन्त्री भानुभक्त ढकाल, शताब्दी पुरुष सत्यमोहन जोशीलगायत सहभागी भए ।