राजनीति

कडा निर्देशन दिँदै संसदिय समितिले भन्योः निजगढ विमानस्थलको मोडेल यथाशीघ्र टुङगियोस

Banner

काठमाडौं,असार १३-

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडेलमा निर्माण गर्ने हो त्यसको यथाशीघ्र निर्णय गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रवारको बैठक मार्फत डिटेल डिजाइन अनुसार विमानस्थल धावन मार्ग र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुखहरू मात्र कटान गर्ने अनुमति प्रदान गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिनुभयो । समितिले टांगिया बस्ती स्थानान्तरणको काम तत्काल शुरू गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने हल्ला फैलिएको थियो । समितिले धावन मार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने स्थानमा मात्र रुख कटान गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको रावलले बताउनुभयो ।

समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्मा समेत सहभागी हुनुभएको थियो । समितिले यसअघि बाराको निजगढ नै पुरेर विमानस्थल निर्माण हुने भनिएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>