मनोरञ्जन
‘गलबन्दी’ गीतको विवाद टुंगियो, शम्भू राईको नाम समावेश गरिने, रोयल्टीमा प्रकाश सपूतकै अधिकार
०

चितवन,असार ११-
अन्ततः गायक प्रकाश सपूतको ‘गलबन्दी’को विवाद सहमतिमा टुंगिएको छ। बुधबार रजिस्ट्रार कार्यालय कालिकास्थानमा संगीत रोयल्टी समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ लगायतको उपस्थितिमा राई र सपूतबीच सहमति भएको हो। सहमति अनुसार अब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश गरेर प्रकाशन गरिनेछ। यसका साथै संगीत सिर्जनामा भने प्रकाश सपुतको नाम राखिनेछ।
यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ। यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>