गण्डकी
विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ
०
पोखरा,असार १०-
नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>