भिडियो
नेपाली गीतमा सन्नी लियोनले मकाईन् कम्मर (भिडियोसहित)

काठमाडौं, जेठ ३०–
बलिउड अभिनेत्री (पूर्व पोर्न स्टार) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काइकी छिन्। ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य विहीबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।
‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।
५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्निसँगै अभिनेता बिक्की जोशी फिचर छन् । गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट फिल्म ‘पासवर्ड’ रिलिज हुँदैछ । सम्राट बस्नेत निर्देशक छन् ।
https://www.youtube.com/watch?v=TGNlBS9xXtI