मनोरञ्जन

कलाकार संघमा खड्का निर्वाचित

Banner

काठमाडौं, जेठ २६–

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । संघको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>