बलिउड/हलिउड

आफू यौन शोषणको शिकार बनेकाे बारे प्रियंकाले खाेलिन् मुख

Banner

०३ बैशाख

बलिउड अभिनेत्री प्रियंका चोपडा पनि यौन शोषणको शिकार बनेकी खबर बाहिरिएको छ । उनी हालै न्यूयोर्कमा भएको १० औँ वार्षिक महिला सम्मेलनमा सहभागि भएकी थिइन् । जसमा उनले यौन उत्पीडन भएको बनाएकी छन् । उक्त सम्मेलनमा चोपडाले यस विषयमा बोल्न कोही पनि लजाउन नहुने बताइन् ।
महिला सम्मेलनमा विश्वभरबाट सहभागि भएका महिलाहरुले महत्वपूर्ण मुद्धामा आ – आफ्नो विचार राखेका थिए । जस मध्य एक मुद्ध भने उत्पीडनको पनि थियो । जसलाई लिएर प्रियंका चोपडाले महिलासंग यौन उत्पीडनको शब्द जोडेर आउने उनलाई लागेको बताइन् ।

अब सबै महिलाहरुले एक अर्कामा साथ दिने भएकोले कोही पनी चुप चाप बस्न सक्दैन र यस्तो देख्दा एक दमै साहस आउने उनको भनाइ थियो । आफू पनि यौन उत्पीडनको शिकार बनेको उक्त कार्यक्रमा बताएको खबर भारतीय मिडिया दैनिक जागरणमा खबर छ । एक पटक हर कोहीले उक्त कुराको सामना गर्नु परेको हुन सक्ने प्रियंकले भनिन्। यस्तो विषयमा बोल्न उनलाई भन्न कुनै लाज नभएको उनले बताइन् ।

पछिल्लो समय यस विषयमा मुद्धा अगाडि बढाउन विश्वमा मिटु अभियन चालाइरहेको छ । बलिउड अभिनेत्री तनुश्रीले आफू पिडित भएको घटना मिटुमार्फत बाहिरा ल्याएकी थिइन् । त्यस्तै नेपालमा पनि सञ्चारकर्मी तथा महिला सशक्तीकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापतिले आफू पनि पीडित भएको मिटु अभियन मार्फत खुलासा गरेकी थिइन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>