बलिउड/हलिउड

चर्चित भारतीय निर्देशक राजकुमार कपूरको निधन

Banner

काठमाडौं – बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । उनलाई अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा पनि बलिउडमा लिने गरिन्छ ।

सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’ का निर्देशक कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८७ वर्षीय कपूरको निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएकी थिइन् । बिहीवार नै कपूरको अन्तिम संस्कार गरिएको छ ।

सेनाका कर्नेल समेत रहेका कपूर अवकाशपछि मुम्बई आएर विज्ञापन र टिभी शो निर्माण गरेका थिए । उनले उपन्यास ‘ह्वेन शिवा स्माइल्स’ पनि लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>