बलिउड/हलिउड

चीनमा पनि चल्यो आयुष्मान खुरानाको जादु !

Banner

मुम्बई– श्रीराम राघवनको फिल्म ‘अन्धाधुन’ सन् २०१८ मा मा भारतमा रिलिज भएको थियो । फिल्ममा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूले एकसाथ काम गरेका थिए । फिल्म बक्स अफिसमा हिट साबित भएको थियो ।

फिल्म यतिबेला चीनमा रिलिज भएको छ । चीनमा झण्डै ५ हजार स्किृनमा रिलिज भएको यो फिल्मलाई ‘पियानो प्लेअर’ का नामले रिलिज गरिएको छ । फिल्मले १ सय १५ करोडको शानदार कमाइ गरेको छ । आयुष्मान खुरानाको फिल्म चीनमा पहिलोपटक रिलिज भएको हो ।

आयुष्मानले यो फिल्म चीनमा पनि हिट भएपछि फिल्मको भाषा विश्वभर हुने धारणा राखेका छन् । ‘अन्धाधुन’ लाई स्तरीय सिनेमाका रुपमा राखिएको छ ।

पछिल्लो समय भारतीय सिनेमाले विश्वबजारमा आफ्नो पहिचान बनाउँदै लगेको छ । ‘अन्धाधुन’ मा खुराना एक पियानिस्टका रुपमा देखिएका छन् । उनले फिल्ममा दृष्टिविहीन भएको नाटक गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>