मनोरञ्जन

प्रिमियरमा गरियो सुहानाको अभिनयको तारिफ

Banner

काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को बिहीबार काठमाडौंको कुमारी हलमा ग्रान्ड प्रिमियर गरियो । प्रिमियरमा फिल्म हेरिसकेपछि झरना थापाकी सुपुत्री सुहाना थापाको कामको खुलेर तारिफ गरिएको छ ।

फिल्ममा सुहानाले ‘आर्या’ को भूमिका निभाएकी छिन्, जो गायकको चरित्र निभाएका अनमोल केसीकी फ्यान हुन्छिन् । फिल्ममा उनले निभाएको भूमिका र गरेको अभिनयको खुलेर तारिफ गरिएको छ ।

समीक्षक तथा फिल्मकर्मीले पनि डेब्यु फिल्म भएर पनि अभिनयका हिसाबले उत्कृष्ट अभिनय गरेको प्रतिक्रिया दिए ।

सुहानाले डेब्यु गरेको यो फिल्मलाई आमा झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक झरनाले पनि आफ्नी छोरी सुहानाको अभिनयको तारिफ गर्दै आइरहेकी थिइन् ।

‘ए मेरो हजुर ३’ सुहानाको होम प्रोडक्सनको फिल्म हो । योसँगै सुहानाले नेपाली फिल्म उद्याेगमा क्षमतावान् नायिकाका रुपमा आफूलाई उभ्याएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>