Uncategorized

‘माग्ने बूढा’ का यी पाँच ‘फन्नी’ तस्वीर, शायद तपाईंले हेर्नुभएको छैन

Banner

काठमाडौं – ‘माग्ने बूढा’ का नामले चर्चित हास्यकलाकार केदार घिमिरेको आज जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर सेलिब्रेटीले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

कलाकारितामा आउनुअघि उनी फुटपाथमा सामान बेच्ने, घरमा रङ्ग लगाउने आदि काम गर्थे ।

हास्य शृङ्खला ‘हिजो आजका कुरा’ मा सानो भूमिका निभाएपछि कलाकारिता थालेका माग्ने बूढा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छन् । केही समय डिप्रेशनको शिकार भएका माग्ने बूढा केही वर्ष यता सामान्य अवस्थामा फर्केका छन् । उनले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक शैलीमा राजनीतिक टिप्पणी गर्नुका साथै कमेडी तस्वीरहरु पनि पोस्ट गरिरहेका हुन्छन् ।

‘मेरी बास्सै’ मा निभाएको माग्ने बूढाको चरित्रको भने अहिले पनि चर्चा हुने गर्छ । जबकि, उनले मेरी बास्सै छोडेको लामो समय भइसकेको छ ।

उनै माग्ने बूढाले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेका केही तस्वीर हामीले लिएका छौँ:

घिमिरेले यो तस्वीर सन् २०१२ मा फेसबूकमा अपलोड गरेका छन् । उनले क्याप्सनमा लेखेका छन् – माग्ने बूढाको शालिक पाखामा । नेताको भए चोकमा हुन्थ्यो होला ।
घिमिरेले यो तस्वीर सन् २००९ मा फेसबूकमा अपलोड गरेका छन् ।
बुडो माग्ने । उनले यो तस्वीर सन् २०१२ मा फेसबूकमा अपलोड गरेका छन् ।
माग्ने बूढा स्टेजमा नाच्दै गरेको तस्वीर । उनले यो तस्वीर सन् २०१० मा अपलोड गरेका छन् ।
सन् २०१२ मा अपलोड माग्ने बूढाले सार्वजनिक गरेको यो तस्वीरको क्याप्सन छ – त्रिशुलीको भेलमा हाम फाल्दा ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>