मनोरञ्जन

‘यात्रा’ टिमले दियो धुर्मुस–सुन्तलीलाई सहयोग

Banner

काठमाडौं – भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ टिमले धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेको छ । निर्माण टिमले भरतपुरमा निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ का लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

फिल्मका निर्देशक सम्राट शाक्य, निर्माता केशव भट्टराई, चिजकुमार श्रेष्ठ र सुशील पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै सीताराम कट्टेलले फिल्म ‘यात्रा’ का लागि शुभकामना व्यक्त गरे ।

सलिनमान बनियाँको शीर्ष भूमिका रहेको यो फिल्ममा मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको समेत अभिनय छ । फिल्मले सार्वजनिक गरेका ट्रेलर र गीतलाई दर्शकले चासोका साथ हेरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>