मनोरञ्जन

दोहोरी ब्याटल युट्युबको ट्रेन्डिङ नम्बर एकमा

Banner

काठमाडौं – गायक प्रकाश सपूत र प्रिती आलेको आवाजमा रहेको गीत ‘दोहोरी ब्याटल २’ नेपाल युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।

यसअघि ल्याएको गीत ‘दोहोरी ब्याटल’ को सफलतापछि यो गीत सार्वजनिक गरेको गायक सपूतले बताएका छन् । गीतमा पति र पत्नीको डिभोर्स भएपछि ‘डिभोर्स पार्टी’ गरिएको विषयलाई कथामा समेटिएको छ ।

सपूत यसअघि लोकगीत ‘बोल माया’ गाएर चर्चामा आएका थिए । ‘दोहोरी ब्याटल २’ मा प्रकाश सपूतकै शब्द तथा संगीत छ भने श्यामश्वेत रसाइलीको एरेन्ज छ ।

गीतको भिडियोको छायांकन एक क्लबमा गरिएको छ । गीतको भिडियोमा गायक सपूत र गायिका प्रिती आलेकै अभिनय रहेको छ भने निर्देशन प्रकाश सपूतको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>