मनोरञ्जन

‘क्याप्टेन’ निर्देशक नयाँ स्किृप्टको खोजीमा

Banner

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ व्यावसायिक रुपमा औसत रह्यो । समीक्षात्मक रुपमा फिल्मले नकारात्मक प्रतिक्रिया सहनुप–यो ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका थिए । यो फिल्मबाट निर्देशक भट्टराईले खासै राम्रो प्रतिक्रिया पाएनन् ।

यतिबेला भने निर्देशक भट्टराईले नयाँ फिल्मका लागि स्किृप्टको खोजी गरिरहेको बताएका छन् । खबरहबसँगको भेटमा निर्देशक भट्टराईले आफूले अब लभस्टोरी फिल्मको स्क्रिप्टको खोजी गरिरहेको बताए ।

‘नयाँ फिल्मका लागि हामी अहिले स्किृप्टको खोजीमा छौँ, लभस्टोरी सिनेमा बनाउने योजना हो ।’, भट्टराईले भने ।

फिल्म ‘एश्वर्य’ बाट राम्रो प्रतिक्रिया पाएका निर्देशक भट्टराईले ‘क्याप्टेन’ निर्देशन गरेपछि भने दर्शकबाट नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>