बलिउड/हलिउड

शाहरुख खानले छोडे ‘डन ३’

Banner

मुम्बई – बलिउड अभिनेता शाहरुख खानका फिल्मले पछिल्लो समय खासै सफलता पाएका छैनन् । फिल्म ‘जिरो’ को असफलतापछि उनी अघिल्लो प्रोजेक्टलाई लिएर निकै नै सचेत देखिएका छन् ।

यतिबेला खबर आएको छ कि, आफ्नो हिट फ्रेन्चाइज फिल्म ‘डन ३’ बाट शाहरुखले हात झिकेका छन् । निर्माताले यो फिल्ममा शाहरुख खानको ठाउँमा रणवीर सिंहलाई लिने योजना बनाइरहेका छन् ।

भारतीय मिडियाका अनुसार शाहरुखले निजी कारण देखाउँदै ‘डन ३’ छोडेका हुन् । यसपछि जोया अख्तर प्रोडक्सन मुख्य अभिनेताको खोजीमा छ । जोया अख्तरले यो फिल्ममा आफ्ना फेबरेट एक्टर रणवीर सिंहलाई कास्ट गर्ने कोशिश गरिरहेकी छिन् । समाचारका अनुसार दुवैको यसबारेमा छलफल पनि भइसकेको छ ।

जोयाको निर्देशनमा रणवीरले यसअघि दुईपटक काम गरिसकेका छन् ।

यो फिल्मका लागि फिमेल लिडमा क्याटरिना कैफको नाम आइरहेको छ । फिल्मको पहिलो र दोस्रो भागमा प्रियंका चोपडा र शाहरुख खान लिड रोलमा थिए । सन् २०११ मा रिलिज भएको ‘डन २’ मा शाहरुख खान, प्रियंका चोपडा र लारा दत्तले मुख्य भूमिका निभाएका थिए ।

अब भने ‘डन ३’ मा को कलाकार मुख्य भूमिकामा चयन होलान् भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>